ब्रिजटाउन । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले ओमानविरुद्धको खेलमा पहिलो दुई बलमा दुई विकेट लिन सफल भएका छन् । उनी ह्याट्रिक लिनबाट भने चुकेका छन् ।
उनले पहिलो बलमा कश्यप प्रजापतिलाई आफ्नो शिकार बनाए भने दोस्रो बलमा कप्तान अकिब इलियासलाई आउट गरे । विश्वकपमा समूह बीको पहिलो खेलमा नामिबिया र ओमान बार्बाडोसको केन्सिङ्टन ओभलमा भिडिरहेका छन् ।
आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।
