• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

नेपालको समूहको खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले गर्‍यो ७७ रनमै अलआउट


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमै अलआउट गरेको छ।

अमेरिकाको न्युयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरम ७७ रनमै अलआउट भएको हो।

श्रीलंकाका लागि ओपनिङ ब्याटर कुशल मेन्डिसले १९ रन जोड्दा किमिन्दु मेन्डिसले ११ रन र एन्जेलो म्याथ्युजले १६ रन मात्र बनाउन सके।
अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिए। उनले ४ ओभरमा ७ रन मात्र खर्चिए। कागिसो रबडा र केशव महाराजले २-२ विकेट लिए।

समूह ‘डी’ मा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले पहिलो खेल भोलि राति नेदरल्यान्ड्ससँग खेल्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖