• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

विश्वकप : इङ्ल्यान्ड र स्कटल्यान्डबीचको खेल रद्द


  • धनकुटा खबर
  • .

काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकपमा मंगलबार तय भएको खेल इङ्ल्यान्ड र स्कटल्यान्डबीचको खेल वर्षाको कारण नतिजाविहीन भएको छ।

यससँगै दुवै टोलीले एक अंक बाँडेका छन् । बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो। तर वर्षाका कारण समयमा खेल सुरु हुन नसकेपछि १० ओभरमा झारिएको थियो ।

स्कटल्यान्डले निर्धारित १० ओभरमा कुनै पनि विकेट नगुमाइ ९० रन बनाएको थियो । स्कटल्यान्डका लागि माइकल जोन्सले ४५ र कप्तान जर्ज मुन्सेले ४१ रनको योगदान गरे ।

डकवर्थ लुइस मेथड (डिएलएस) का आधारमा इङ्ल्यान्डले १०९ रनको नयाँ लक्ष्य पाएको थियो । तर पुनःवर्षा भएपछि इङ्ल्यान्डको टोलीले एक बल पनि खेल्न नपाइ खेल रद्द भयो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖