• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

भारत विरुद्द आयरल्याण्ड ९६ रनमा अलआउट


  • धनकुटा खबर
  • .

न्युयोर्क । टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा आयरल्याण्ड भारतविरुद्ध ९६ रनमा सीमित बनेको छ । भारतीय बलसामु नतमस्तक बन्दा आयरल्याण्ड १६ ओभरमा अलआउट भएको हो ।

आयरल्याण्डका लागि गेराथ डेलानीले १६ बलमा २६ रनको योगदान दिए । उनले २ चौका र २ छक्का हिर्काए ।

जोस लिटलले १३ बलमा १४ रनको योगदान दिए । उनले यसक्रममा दुई चौका प्रहार गरे । कर्टिस क्याम्फरले ८ बलमा १२ रन बनाए भने लोरकान टकरले १३ बलमा १० रन जोडे ।

नासा उको पिच यस्तो छ कि अहिलेसम्म कसैले अनुमान लगाउन सकेको छैन । नासाउ काउन्टीमा यसअघि भएको एउटा मात्र खेल निकै कम स्कोरिङ भएको थियो ।

दक्षिण अफ्रिकाविरुद्ध श्रीलङ्काको टोली ७७ रनमा मात्रै सीमित भयो । यति मात्र होइन, दक्षिण अफ्रिकालाई ७८ रनको लक्ष्य पछ्याउन १७ ओभर लागेको थियो ।

तर, भारत र आयरल्याण्डबिचको तथ्याङ्क हेर्दा यी दुई टोलीबिच अहिलेसम्म सात खेल भइसकेका छन् । भारतले सातवटै खेल जितेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖