• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट


  • धनकुटा खबर
  • .

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा पपुवा न्यूगिनी युगान्डासँग ७७ रनमा अलआउट भएको छ ।

प्रोभिडेन्स स्टेडियममा भएको टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको हो ।

हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।

यसअघि एक/एक खेलेका यी दुवै टिम पराजित भएका थिए । पपुवा न्यूगिनी वेष्टइन्डिज र युगान्डा अफगानिस्तानसँग पराजित भएका हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖