• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

युगान्डाको पहिलो ऐतिहासिक जित, पीएनजी ३ विकेटले पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह सी को खेलमा युगाण्डाले पपुवा न्यूगिनी (पीएनजी) लाई तीन विकेटले पराजित गरेको छ ।

पीएनजीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८ ओभर दुई बलमा सात विकेट गुमाएर भेट्टायो ।

युगाण्डाका लागि रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए । पीएनजीका लागि अले नाओले दुई विकेट लिए । यस्तै नर्मन भानुआ, चाड सोपर र असद वालाले समान एक विकेट लिए ।

यसअघि अमेरिकाको प्रोभिडेन्स क्रिकेट मैदानमा पपुवा न्यूगिनी १९ ओभर एक बलमा ७७ रनमा अल आउट भयो । उसका लागि हिरि हिरिले १५ रन बनाए । यस्तै लेगा सियाका र किप्लिन डोरिगाले समान १२ रन बाहेक अन्य व्याटरले दोहोर अङ्क जोड्न सकेनन् ।

यस जितसँगै युगान्डाले पहिलो दुई अंक जोडेको छ । पपुवा न्यु गिनीको भने यो लगातार दोस्रो हार हो र टिम शून्य अंकमै रहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖