• Friday 9th of October 2026

नेपालले युएई विरुद्धको खेलमा खायो ४ गोल


  • धनकुटा खबर
  • .

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपाल युएईसँग पराजित भएको छ।

साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा गएराति भएको खेलमा नेपाल युएईसँग ४-० गोलले पराजित भएको हो।
युएईको जितमा हरिब अब्दालाले २ तथा अलि सलेह र हजेम मोहम्मद अबदुल्लाह अब्बासले गोल गरे।

खेलको १२ औं र १४ औं मिनेटमा अब्दालाले गोल गर्दा नेपाल पहिलो हाफमा २-० गोलले पछि परेको थियो।

५३ औं मिनेटमा अलि सलेहले गोल गरे। ७५ औं मिनेटमा हजेम मोहम्मद अब्दुल्लाह अब्बासले ७५ औं मिनेटमा गोल गर्दा नेपाल ४-० गोलले पराजित भएको हो।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि पनि युएईसँग ४-० गोलले पराजित भएको थियो।

त्यसअघि यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।
जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖