• Friday 9th of October 2026

टी–२० विश्वकपमा आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौं— जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदै छ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

क्यानडा र अमेरिका दुवैले यस अघिका आफ्ना पहिलो खेलमा हार बेहोरेका छन्। क्यानडा अमेरिकासँग पराजित भएको थियो भने आयरल्याण्ड भारतसँग पराजित भएको थियो।

दुवै देशबीच अहिलेसम्म ४ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा दुवैले २–२ खेल जितेका छन्। सुपर आठमा पुग्न दुवै देशका लागि यो खेलमा जित महत्वपूर्ण छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖