• Friday 9th of October 2026

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै, यस्तो छ ‘हेड टु हेड’


  • धनकुटा खबर
  • .

काठमाडौं— जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

यस खेललाई यस विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ। जारी विश्वकपमा भारतले आयरल्याण्डविरुद्ध जित हासिल गरेर सुखद सुरुवात गरेको छ भने पाकिस्तानले भने आफ्नो पहिलो खेलमा अमेरिकासँग हार बेहोरेर खराब सुरुवात गरेको छ।

भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्। जसमा भारतले ९ खेलमा जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ।

त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमनेसामने भएका छन्। जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ। त्यस्तै एक खेल अनिर्णीत बनेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖