• Friday 9th of October 2026

टी– २० विश्वकपका लागि सन्दिप वेस्ट इण्डिज पुगे


  • धनकुटा खबर
  • .

काठमाडौँ– नेपाली खेलाडी सन्दिप लामिछाने जारी आईसीसी पुरुष टी– २० विश्वकपमा २०२४ का लागि वेस्ट इण्डिजमा सहभागी हुने भएका छन् । नेपाल किक्रेट संघ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गरी सो खेलमा सहभागी हुने जनाएको हो ।

प्रेस विज्ञप्तिका अनुसार उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दिपलाई विश्वकप खेल्न आधिकारिक १५ जनाको अन्तिम नामावली आईसीसी सामु पेश गरेको हो ।

‘अमेरिका भिसा प्राप्त नभृएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालको खेलमा उनको उपस्थिति रहने जानकारी गराउँदछौँ,’ सो विज्ञप्तिमा उल्लेख गरिएको छ।

क्यानले सोही प्रेस विज्ञप्तिमार्फत सन्दिप लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकरात्मक वक्तव्यबाजी सत्य नरहेको पनि जानकारी गराएको छ ।

नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यस पछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।यस अघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖