• Friday 9th of October 2026

विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक श्रीलंकासँग खेल्दै नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल र श्रीलंका विश्व क्रिकेटको ईतिहासमा पहिलो पटक खेल्ने भएका छन् ।

वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको आइसीसी टी-२० विश्वकपमा श्रीलंका र नेपालको पहिलो पटकको भेट पक्का भएको हो । आगामी हप्ताको बुधबार नेपाल र श्रीलंकाबीच खेल हुने भएको छ ।

ओडिआई र टी-२० आईमा पहिलो भेट हुनेछ । नेपालले २४ औं टी-२० आई प्रतिद्वन्दीका रुपमा श्रीलंकासँग पाउँने भएको छ । नेपाल र श्रीलंकाबीचको खेल फ्लोरिडामा १२ जुन अर्थात ३० जेठमा हुनेछ ।

श्रीलंकाविरुद्धको खेल नेपालले पाँचौ टेस्ट मान्यता पाएको राष्ट्रको टी-२० आई खेल हुनेछ । यसअघि नेपालले टेस्ट मान्यता पाएका भारत, जिम्बावे, आयरल्यान्ड र बंगलादेशसँग खेलिसकेको छ । सन् २०१४ को टी-२० विश्वकपमा नेपालले अफगानिस्तानसँग खेलेको भए पनि अफगानिस्तानले सो समयमा टेस्ट मान्यता पाएको थिएन ।

नवौं संस्करणको विश्वकपमा नेपाल

नेपालले मंगलबार आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गरेको थियो । पहिलो खेल नेपालले छ विकेटले गुमाएको थियो । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

यस विश्वकपमा २० राष्ट्रले सहभागीता जनाउँदै छन् । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । विश्वकपमा नेपाल समूह डी मा रहेको छ । नेपालको समूहमा नेदरल्यान्ड्स, बंगलादेश, श्रीलंका तथा दक्षिण अफ्रिका छन् ।

विश्वकपमा सहभागीता जनाउँने १५ सदस्यीय नेपाली टोलीको नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरिसकेको छ ।

नेपाली टोली

रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी, करण केसी, सोमपाल कामी, अभिनास बाहोरा, सागर ढकाल र कमलसिंह ऐरी ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖