• Friday 9th of October 2026

नेपाल आज यमनसँग खेल्दै, एक गोल पनि नगरी विश्वकप छनोट यात्रा सकियो


  • धनकुटा खबर
  • .

काठमाडौं । फिफा विश्वकप २०२६ र एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ ।

खेल साउदी अरेबियाको दमामस्थित स्टेडियम राति पौने १२ बजे सुरु हुने छ । नेपाल यस अघिनै फिफा विश्वकप छनोटबाट बाहिरिसकेको छ ।

समूह एच मा रहेको नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ । यमनविरुद्धको खेलसँगै नेपालले यस पटकको विश्वकप छनोट यात्रा टुग्याउँदै छ । यो खेल यमनमा हुनुपर्ने थियो । तर मध्यपूर्वी टोलीले घरेलु मैदानमा नेपाललाई आतिथ्यता दिन नसक्ने बताएपछि खेल न्युट्रल भेन्युमा हुन लागेको हो ।

दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल खाइसकेको छ । नेपालले एक गोल पनि फर्काउन सकेको छैन । दोस्रो चरणमा एक गोल पनि गर्न नसक्ने नेपाल एक मात्र टिम हो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖