• Friday 9th of October 2026

सन्दीप टिममा फर्किएपछि के भन्छन् कप्तान रोहित ?


  • धनकुटा खबर
  • .

काठमाडौं,२९ जेठ । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले भोलि श्रीलंकासँग खेल्दैछ ।

अमेरिकामा बुधबार बिहान सवा ५ बजेबाट नेपाल र श्रीलंकाबीचको खेल सुरु हुनेछ । नेपालको यो दोस्रो खेल हो भने श्रीलंकाले तेस्रो खुल् खेल्दैछ । समूह डी मा रहेको नेपाल पहिलो खेलमा नेदरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंकाले दुवै खेल हारेको छ ।

नेपाली क्रिकेट टिममा पूर्व कप्तान सन्दीप लामिछाने जोडिएका छन् । यद्यपी सन्दीपले दोस्रो खेल खेल्न पाउने छैनन् । उनी वेष्ट इन्डिजमा हुने तेस्रो र चौथो खेलमा मात्र सहभागी हुन पाउनेछन् । बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएपनि सन्दीपलाई अमेरिकाले भीसा दिएन ।

अमेरिका जान सन्दीपले भीसा नपाएपछि उनी वेष्ठ इन्डिज पुगेका छन् । यसैबीच सन्दीप टिममा फर्किएपछि कप्तान रोहितकुमार पौडेलले नेपालले खेलमा राम्रो गर्ने आशा व्यक्त गरेका छन् ।

श्रीलंकासँगको खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले नेपालले राम्रो गर्ने र त्यसमा सन्दीप थपिँदा झनै उत्साह बढेको बताएका छन् । सन्दीपको अनुभव र उत्कृष्ट प्रदर्शनकासाथ नेपाल अघिल्लो चरणमा पुग्ने रोहितको विश्वास छ ।

‘वेस्टइन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ। विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टी २० मा, अब राम्रो हुनेछ। श्रीलंका टिम राम्रो छ। हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई। धेरैजसो डट बल भइरहेको छ,’ उनले भने, ‘१४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ। सुरुवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ। हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ। यो टुर्नामेन्ट अप डाउन भइरहेको छ। प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖