• Friday 9th of October 2026

सन्दीपको इन्ट्रीले नेपालको खेल जित्ने संभावना उच्च : रोहित पौडेल


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन्।

आईसीसी टी २० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले वेस्टइन्डिजको पिच स्पिनर बलरका लागि धेरै नै राम्रो रहेको र विकेटटेकर बलर लामिछाने टिममा भित्रएकाले लामिछानेको अनुभव र उत्कृष्टतामा नेपाललाई झनै खेल जित्ने अवसर हुने बताए।

श्रीलंकालाई हराउने अवसर नेपालसामु रहेकाले सोहीअनुसार खेल्ने रणनीति बनाएको बताउँदै उनले १४० सम्मको स्कोर बनाउने टिमले जित हात पार्ने पनि बताए। ‘वेस्टइन्डिजको पिच एकदमै स्पिनरका लागि राम्रो छ। विकेटटेकर बलर एड भएको छ, अनुभव पनि छ, दाईको टी २० मा, अब राम्रो हुनेछ। श्रीलंका टिम राम्रो छ।

हामीलाई भन्दा बढी प्रेसर श्रीलंकालाई छ जस्तो लाग्छ मलाई। धेरैजसो डट बल भइरहेको छ,’ उनले भने, ‘१४० बनाउनसक्यो भने जित्ने सम्भावना हुन्छ। सुरुवाती ब्याट्सम्यानले राम्रो गर्नसके सबैमा आत्मविश्वास आउँछ। हामी बलियो टिम र भोलिको गेमलाई लिएर उत्साहित छौँ। यो टुर्नामेन्ट अप डाउन भइरहेको छ। प्रेसरलाई सहेर खेल्ने टिमले नै जित्छ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖