• Friday 9th of October 2026

पुरनले उछिने गेललाई


  • धनकुटा खबर
  • .

एजेन्सी । निकोलस पुरन वेस्ट इन्डिजका लागि टी–२० अन्तर्राष्ट्रिय खेलहरूमा सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् । उनले क्रिस गेलको रेकर्डलाई उछिनेका हुन् ।

बिहीबार न्युजिल्याण्डविरुद्धको खेलमा १७ रन बनाउँदै उनले सो रेकर्ड बनाएका हुन् । ९१ खेलमा पुरनले २५.५२ को औसतले १ हजार ९१४ रन बनाएका छन् । यसक्रममा उनले ११ अर्धशतक प्रहार गरेका छन् । उनको उच्च स्कोर ८२ रहेको छ ।

उता, क्रिस गेलले ७९ खेलमा १ हजार ८९९ रन बनाएका थिए । २७.९२ को औसतमा गेलले १४ अर्धशतक र २ शतक बनाएका थिए । उनको उच्च स्कोर ११७ रन रहेको छ ।

यस सूचीमा मार्लोन स्यामुल्स १ हजार ६११ रनसहित तेस्रो स्थानमा रहेका छन् भने १ हजार ५६९ रन बनाएका किरोन पोलार्ड चौथो स्थानमा छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖