• Friday 9th of October 2026

नेपाली राष्ट्रिय क्रिकेट टोली वेस्टइण्डिज पुग्यो , भोलि दक्षिण अफ्रिकासँग खेल्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकाबाट वेस्ट इन्डिज पुगेको छ । आईसीसी टी–२० विश्वकप अन्तर्गतका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज पुगेको हो ।

हिजै पुग्नु पर्ने टोली फ्लोरिडाको खराब मौसमका कारण उडान रोकिएको थियो ।

नेपालले भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्ने छ । खेल बिहान सवा ५ बजे हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको नेपालले श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाडेको थियो ।

तीन खेलमा अपराजित रहेको दक्षिण अफ्रिका भने सुपर ८ मा पुगिसकेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖