• Friday 9th of October 2026

दक्षिण अफ्रिकालाई हराउन पसिना बगाउदै ‘राइनोज’


  • धनकुटा खबर
  • .

आईसिसी टी–२० विश्वकको आफ्नो आगामी खेलका लागि नेपाली टोलीले अभ्यास सुरु गरेको छ। भोलि बिहान दक्षिण अफ्रिकासँग नेपालले आफ्नो तेस्रो खेल खेल्ने छ। समूह ‘डी’ मा रहेको नेपाल आफ्नो सुपर ८ मा पुग्ने सम्भावनालाई कायमै राख्दै भोलि दक्षिण अफ्रिकासँगको भिडन्तका लागि मैदान उत्रने छ।

नेपालले भोलिको खेलमा जित्न सके उसको सुपर ८ मा पुग्ने सम्भावना थप बलियो हुनेछ भने दक्षिण अफ्रिका एक खेल अगावै सुपर ८ मा पुगिसकेको छ। सुपर ८ मा पुग्न नेपाललाई भोलिको जितले मात्रै पुग्दैन उसले समूह चरणको आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई हराउनै पर्ने हुन्छ।

यसपटक नेपाली टीममा स्पिनर सन्दीप लामिछाने पनि सहभागी हुनेछन्।नेपाल आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएपछि श्रीलङ्कासँग अङ्क बाँडेको थियो।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आफ्नो फेसबुकको स्टोरीमा नेपाली टीमको अभ्यास खेलको भिडियो साझा गरेको छ। जसमा लामिछानेसहितका खेलाडीहरू अभ्यास गरिरहेका छन्। भोलिको खेलका लागि नेपाली टीम वेस्ट इन्डिज पुगिसकेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖