• Friday 9th of October 2026

जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक


  • धनकुटा खबर
  • .

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध नेपालले छैटौं विकेट गुमाएको छ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र ओपनर आशिफ शेख १८ औं ओभरमा आउट भएका हुन्।

आशिफको विकेटपछि आएका कुशल मल्ल एनरिच नोर्त्जेको दोस्रो बलमा आउट भएका हुन्।
ऐरी तबरेज शम्सीको बलमा १८ औं ओभरको तेस्रो बलमा क्वीन्टन डिककबाट क्याच आउट भएका हुन्।

ओभरको अन्तिम बलमा शम्सीकै बलमा आशिफ बोल्ड भए।
आउट हुनुअघि ऐरीले ११ बलमा ६ रन जोडे।

आशिफले आउट हुनुअघि ४९ बल खेल्दै ४ चौका र १ छक्का हानेर ४२ रन जोडे।
आशिफको विकेटपछि सोमपाल कामी ब्याटिङमा आएका छन्।

१९ ओभर सकिँदा नेपालले ६ विकेट गुमाएर १०६ रन बनाएको छ।
नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖