• Friday 9th of October 2026

टी–२० मा सबैभन्दा चाँडो शतकको कीर्तिमान, सबैभन्दा धेरै छक्काको रेकर्ड पनि तोडियो


  • धनकुटा खबर
  • .

एजेन्सी । एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान तोडेका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

चार महिनाअघि मात्र जान निकोल लोफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै यो कीर्तिमान बनाएका थिए । इटनले नेपालका कुशल मल्लले बनाएको रेकर्ड भङ्ग गरेका थिए । मल्ले मंगोलियाविरुद्ध ३४ बलमा शतक हिर्काएका थिए ।

यो सबै खाले टी–२० खेलमा पनि बनेको सबैभन्दा चाँडो शतक थियो । यसअघि क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक बनाएका थिए ।

त्यस्तै, चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै छक्का हिर्काउने कीर्तिमान पनि बनाएका छन् । यसअघि हजरतुल्लाह जजाई र फिन एलनले एकै खेलमा १६–१६ वटा छक्का प्रहार गरेका थिए ।

उनले १४ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । सबैभन्दा चाँडो अर्धशतक बनाउने रेकर्ड भने तोड्न सकेनन् । यो रेकर्ड नेपालका दीपेन्द्र सिंह ऐरीको नाममा छ । दीपेन्द्रले मात्र ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖