• Friday 9th of October 2026

१०० विकेट लिएर कीर्तिमान कायम गरेपनि खुसी छैनन् सन्दीप


  • धनकुटा खबर
  • .

काठमाडौं,४ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेले जित्ने अवस्थाको खेलमा हार व्यहोर्नुपर्दा आफूलाई निक्कै दुख लागेको बताएका छन् ।

सोमबार आईसीसी टी-२० क्रिकेटअन्तर्गत बंगलादेशसँगको खेलमा २ विकेट लिँदै सबैभन्दा छिटो टी २० मा १०० विकेट लिने विश्वकै दोस्रो तथा नेपालको पहिलो बलर बनेर कीर्तिमान राखेका सन्दीपले खेलपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूलाई खेल हार्दा त्यो १०० विकेट पूरा भएको पनि व्यर्थ लागेको बताए ।

‘मैदानमा फर्कन पाउँदा एकदम राम्रो लाग्यो । दुई महत्त्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौं । तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ । हाम्रो ब्याटिङ हेर्दा निकै दुख लागेको छ र आज जित्नुपर्ने खेल थियो ।’

‘अघिल्लो खेलमा दक्षिण अफ्रीकाविरुद्ध १ सय १६ रन पछ्याउदा पनि मात्र १ रनले हार्यौं । आज पनि हामीले सहज रुपमा लक्ष्य पूरा गर्नुपर्ने थियो । टेस्ट राष्ट्रसँग खेल्दा हामीले उनीहरुको वरीयता भन्दापनि लगातार यी टोलीसँग खेल्न पाएको अवसर सदुपयोग गर्नुपर्छ ’उनले भने ‘दुई महत्वपूर्ण विकेट हात पार्दा हामी बलियो स्थितिमा थियौँ। तर खेल आफ्नो पक्षमा आउन नसक्दा भने आफ्नो विकेट पनि व्यर्थ भएजस्तो महसुस भएको छ। हाम्रो ब्याटिङ हेर्दा निकै दुःख लागेको छ। किन कि यो जित्नुपर्ने खेल थियो।’

सोमबार बिहान वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖