• Friday 9th of October 2026

यूरोकप : रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी


  • धनकुटा खबर
  • .

एजेन्सी : ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ।

जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो।

पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन्। ​

रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बने। उनले २००४ मा पहिलो युरोकप खेलेका थिए। त्यसयता उतनी लगातार छौठौँपटक सहभागिता जनाएका छन्।

यो जितसँगै जारी युरोकपमा पोर्चुगलले तीन अंक हासिल गर्दै समूह डी को दोस्रो स्थानमा छ। समान खेलबाट समान अंक रहेको टर्की शीर्ष स्थानमा छ।

गएति नै नै भएको खेलमा पहिलो पटक युरो कपमा सहभागिता जनाइरहेको जर्जियालाई टर्कीले ३–१ गोलले पराजित गरेको हो।

​२५औं मिनेटमा मर्ट मल्डरको उत्कृष्ट भली प्रहारमा टर्कीले खेलमा अग्रता लिएको थियो। तर जर्जियालाई बराबरी गर्न धेरै समय लागेन। ३२औं मिनेटमा जर्जेस मिकाउताड्जेले जर्जियाका लागि बराबरी गरे।

६५औं मिनेटमा टर्की पुनः अग्रतामा गएको गोल उत्कृष्ट नै रहेको थियो। टर्कीले इन्ज्युरी समयको अन्तिमतिर गोल गर्दै जित सुनिश्चित गर्यो।

प्रतियोगिता अन्तरगत आज जर्मनी र हंगेरी तथा क्रोयसिया र अल्बानिया आमनेसामने हुनेछन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖