• Friday 9th of October 2026

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली


  • धनकुटा खबर
  • .

काठमाडौं, असार ६ । आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ।

समूह चरणमै विश्वकपको यात्रा टुंग्याएको नेपाली टोलीको पहिलो समूह आज बिहान बिहान १ बजे नेपाल अवतरण गरेको हो भने अर्को समूह अहिले बिहान १० बजे अवतरण हुने तालिका छ।

अमेरिका लेग अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल, नेदरल्यान्डसँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंककाविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो। त्यस पछि वेस्ट इन्डिज गएको नेपाल दक्षिण अफ्रिकासँग १ रन र बंगलादेश सँग २१ रनले पराजित भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖