• Friday 9th of October 2026

पेलेको निधन भएको १८ महिनापछि १०१ बर्षको उमेरमा आमाको निधन


  • धनकुटा खबर
  • .

एजेन्ली । महान फुटबलर पेलेकाे आमाको १०१ वर्षको उमेरमा निधन भएको छ। पेलेको निधन भएको १८ महिनापछि उनकाे आमाको निधन भएको हो।

सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ। उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारेसमेत जानकारी थिएन।

पेलेकाे आमाको जन्म ट्रेस कोराकोसेसमा भएको थियो। पेले पनि त्यही जन्मिएका थिए। तर आमाले उनलाई पछि बउरु लगेकी थिइन्। जहाँ पेलेले बाल्यकालमा फुटबल सिकेका थिए।

पेलेकाेआमालाई ब्राजिलमा ‘ब्राजिलियन मोदर अफ द इयर’ को उपाधि समेत दिएको थियो। पेलेका बुबा जोओ रामोस दो नासिमेन्तो (डोनडिन्हो) को भने १९९६ मा ७९ वर्षको उमेरमा निधन भएको थियो। उनी पनि एक फुटबलर रहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖