• Thursday 22nd of October 2026

यसरी विद्यालय हिँडेका तीन बालिकामाथि खस्यो चट्याङ


  • धनकुटा खबर
  • .

कैलालीमा चट्याङ लागेर तीन स्कुले बालिका गम्भीर घाइते भएका छन्।
घोडाघोडी नगरपालिका–९ बुदेनीमा बुधबार विहान साढे ६ बजेतिर घरबाट विद्यालय जाने क्रममा चट्याङ लागेर बालिकाहरू घाइते भएका हुन्।

बुदेनीकै ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराले बताए।

मोहन्याल आधारभूत विद्यालयमा अध्ययनरत उनीहरु गेट नजिक पुगेका बेला चट्याङ परेको थियो।

घाइते अवस्थामा उपचारका लागि उनीहरुलाई नजिकैको घोडाघोडी अस्पताल लगिएको थियो।

त्यहाँबाट रेफर गरेर बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ। एकजनाको पेटमा चोट लागेको र २ जनाको टाउकोमा चोट लागेको छ।

यस्तै कैलालीमै खेतमा काम गर्ने क्रममा भजनी नगरपालिका ६ का ५५ वर्षीय रामबहादुर चौधरी चटयाङ् लागेर घाइते भएका छन्।

दाहिने हातमा चट्याङ लागेपछि उनलाई उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖