हेटौँडा । मकवानपुरको राक्सिराङ–४ का कबिराज बल मलेसियास्थित कार्यरत कम्पनीमा मृत भेटिएका छन् ।
परिवारजनले उनको मृत्यु नभइ हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।
३१ वर्षीय बललाई हत्या गरी सडकमा फालिएको अवस्थामा खबर आएको भन्दै परिवारजनले छानबिन माग गरेका हुन् ।
उनी मलेसियास्थित इको शप मार्केटिङमा कार्यरत थिए । उनी नेपालको गोर्खाज एसोसियटबाट मलेसिया गएका हुन् ।
