• Wednesday 21st of October 2026

एयर पेस्तोल देखाएर धम्की दिएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं । एयर पेस्तोल देखाएर मार्ने धम्की दिएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–८, टिटिरियाका २८ वर्षीय सन्दीप चौधरी छन् ।

सोही स्थानका २९ वर्षीय श्यामकुमार थारूको किराना पसलको आँगनमा उनी र चौधरीबीच बुधबार (कात्तिक ४) बिहान करिब ५ः३० बजे विवाद भएको थियो । त्यही क्रममा चौधरीले आफूसँग रहेको एयर पेस्तोल देखाई थारूलाई मार्ने धम्की दिएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, चौधरीले मादकपदार्थ सेवन गरेका थिए । यो सूचना पाएपछि खटिएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो ।

चौधरीलाई पक्राउसँगै उनको साथबाट प्रहरीले एकथान एयर पेस्तोल बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖