• Friday 9th of October 2026

नेपालले पहिलो खेल जोर्डन संग खेल्ने


  • धनकुटा खबर
  • .

लेवनानमा हुने महिला फुटबल फोर नेसन्स कपमा नेपालले पहिलो खेल जोर्डनसंग खेल्ने भएको छ। यहि असार २४ देखि श्रवन १ गतेसम्म लेबनानमा हुने यस प्रतियोगीतामा नेपाल, लेबनान, जोर्डन र बंगलादेशको सहभगिता रहनेछ।

त्रिपोलीस्थित रसिद करामी अन्तर्राष्ट्रिय रंगशालामा आयोजना हुने यस फोर नेसन्स कपमा पहिलो खेल नेपाल र लेवनान विहानको ११ (नेपाली समय १३ः४५ ) बजे खेल्नेछ। दोस्रो खेल साझ ५ (नेपाली समय ७ः४५)बजे आयोजक लेवनान र बंगलादेश बिच हुनेछ।

प्रतियोगिता सिंगल-चरण लिग प्रणालीमा आयोजित हुनेछ, जहाँ सबैभन्दा बढी अंक प्राप्त गर्ने टोलीलाई उपाधि जित्नेछ।

राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिता र अनुभवको आधारलाई विस्तार गर्नुका साथै महिला फुटबलको स्तरवृद्धि गर्न र महिला खेलाडीहरूलाई थप अनुभव प्राप्त गर्न र लामो अवधिमा उच्च स्तरमा प्रतिस्पर्धा गर्न प्लेटफर्म प्रदान गर्ने प्रयासको रूपमा यो प्रतियोगिता आयोजना गरिएको लेवनान फुटबल संघले बताए।

टोली अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बन्द बन्द प्रशिक्षण गरिरहेका छन्।

टोली
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः अमृता जैशी, गीता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पूजा राना, समीक्षा घिमिरे, प्रतिक्षा चौधरी

मिडफिल्डरः रेणुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत, सविता राना मगर, दीपा शाही, अनिता केसी, प्रीति राई, अमिषा कार्की, विमला चौधरी, सरस्वती हमाल

फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, चन्द्र भण्डारी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖