• Friday 9th of October 2026

वर्षाका कारण भारत र इंग्ल्यान्डबीचको खेलमा ढिलाइ


  • धनकुटा खबर
  • .

आईसीसी टी–२० क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलअन्तर्गत भारत र इंग्ल्यान्डबीचको खेल निर्धारित समयमा नहुने निश्चित भएको छ ।

वर्षाका कारण मैदानमा पानी ओबाउन बाँकी रहेकाले टसमा ढिलाइ भएको हो । टस हुन नसकेपछि खेल पनि निर्धारित समय बिहीवार साँझ ८ः१५ शुरू हुन नसकेको हो ।

गुयानाको प्रोभिडेन्स स्टेडियममा अहिले पानी रोकिएको छ ।

वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्ने नियम छ । भारतले सुपर ८ चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले समूह उपविजेता बनेको इंग्ल्यान्डभन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖