• Friday 9th of October 2026

भारतले हार्‍यो टस, इंग्ल्यान्डले पहिले फिल्डिङ गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा भारतविरुद्ध इंग्ल्यान्डले पहिलो फिल्डिङ गर्ने भएको छ ।

बिहीबार गुयनामा खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि सुरु हुने तालिका रहे पनि वर्षाका कारण मैदान ओसिलो हुँदा टस करिब एक घण्टापछि भएको हो । टस जितेर इंग्ल्यान्डका कप्तान जस बटलरले फिल्डिङको निर्णय गर्दै भारतलाई ब्याटिङको निम्तो दिए ।

प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖