• Thursday 22nd of October 2026

विकल एसइईमा पास त भए तर एकदिन अघि नै पहिरोले लियो ज्यान


  • धनकुटा खबर
  • .

२०८० सालको एसईई दिएका दोर्दी गाउँपालिका ९ स्याउत सुनार गाउँका विकल सुनार एसईई परीक्षाको नतिजाको प्रतिक्षामा थिए ।

जनकल्याण मावि चिति तिलाहरबाट एसईई दिएका विकलको मंगलबार रातिको पहिरोमा परी निधन भएको छ ।

त्यसको ठिक एक दिनपछि एसईईको नतिजा पनि आएको छ । उनी २.८० जीपीए ल्याएर पास भएका छन् ।

तर उनी यस धर्तिमा छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖