• Thursday 22nd of October 2026

छमछमे खोलाको कलभर्टमा यसरी कार खसेपछि..


  • धनकुटा खबर
  • .

काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार शुक्रबार बिहान करिब साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेर डुबेको थियो।

दुर्घटना भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तीन घन्टापछि कार चालकलाई बिहान साढे ५ बजे उद्धार गरेको थियो।

उद्धारपश्चात उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक कार चालक नागार्जुन नगरपालिका-६ बस्ने खरिबोटका अन्दाजी ४०/५० वर्षका पूर्ण दर्नाल रहेको एसपी अधिकारीले जानकारी दिए।

कलभर्टमा खसेको कारलाई र्‍याकर, क्रेनको सहायताले स्थानीय र प्रहरीले बिहान ६:०९ बजे निकालिएको एसपी अधिकारीले जानकारी दिए।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖