• Thursday 22nd of October 2026

बस दुर्घटना अपडेटः चालक सहित १० जना घाइते(नामावली सहित)


  • धनकुटा खबर
  • .

काठमाडौं— रामेछापमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
शुक्रबार बिहान साढे ८ बजे रामेछापको गैरीबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५६२५ नम्बरको यात्रुवाहक बस लिखु तामाकोसी गाउँपालिका–६ बिर्ता लाकुरीडाँडामा दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्स्पेक्टर कौशल न्यौपानेका अनुसार कच्ची सडक भासिएर बस सडकबाट करिब २० मिटर तल खसेको हो। गाडीमा १० जना सवार थिए।

घाइतेहरूमा चालक सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५ पिस्करका ४० वर्षीय यादव खत्री, गाडीका साहु दोलखा भिमेश्वर नगरपालिका–५ का ४२ वर्षीय दीपक श्रेष्ठ छन्।

घाइते यात्रुहरू सबै रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ६ का स्थानीय छन्।

घाइते यात्रुमा २१ वर्षीया सविना श्रेष्ठ, उनकी छोरी १ वर्षीया सुजता, ४२ वर्षीय साबित्रा घिमिरे, ५७ वर्षीय मानबहादुर श्रेष्ठ, ५० वर्षीय टेक बहादुर श्रेष्ठ, १९ वर्षीय झलकबहादुर श्रेष्ठ, ४४ वर्षीया शंककुमारी तामाङ र ४१ वर्षीया सकुन्तला श्रेष्ठ छन्।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल मन्थली लगिएको उनले जानकारी दिए। सडकबाट खसेको बस रूखमा अडकिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖