• Thursday 22nd of October 2026

एकैदिन ह्वात्तै बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मुल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । 

यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖