काठमाडौं। जोगीको भेषमा भिख माग्न आएका दुई जनालाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको हरियाणाका २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन्।
उनीहरूले दुई दिनअघि काठमाडौंको सेतोपुलस्थित एक घरमा डेरा गरी बसिरहेकी महिलासँग भिख माग्ने क्रममा उनले कानमा लगाएका दुवै रिङ लुटेर लगेको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरूको साथबाट लुटिएको भनिएका रिङ पनि बरामद गरेको छ।
