• Thursday 22nd of October 2026

जिप दुर्घटना हुँदा ९ जना घाइते


  • धनकुटा खबर
  • .

दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो सदरमुकामबाट नौमुलेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगरपालिका–५, स्थित धितामा दुर्घटना भएको हो ।

घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖