• Friday 9th of October 2026

विश्वकप विजेता टिमलाई १२५ करोड भारु पुरस्कार दिने बीसीसीआईको घोषणा


  • धनकुटा खबर
  • .

नयां दिल्ली । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले आईसीसी ट्वान्टी–२० विश्वकपको उपाधि जितेको भारतीय टोलीलाई १२५ करोड भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

आइतबार सामाजिक सञ्जाल एक्समार्फत बोर्डका सचिव जय शाहले विश्वकप विजेता टोलीलाई १२५ करोड भारुसहित सम्मान गर्ने घोषणा गरेका हुन् । शाह एसियन क्रिकेट काउन्सिलका अध्यक्षसमेत हुन् ।

शनिबार ब्रिजटाउनमा भएको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराउँदै १७ वर्षपछि विश्वकपको उपाधि जितेको हो ।

भारतले यसअघि सन् २००७ मा भएको ट्वान्टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि जितेको हो । सन् २०१४ मा भएको विश्वकपमा भारतले फाइनलसम्मको यात्रा तय गरे पनि श्रीलंकासँग पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖