• Friday 9th of October 2026

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढायो


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले उपाध्यक्ष रोशन कुमार सिंहसहित ४ जनालाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको छ ।

बिहीबार बसेको क्यानको बैठकले उपाध्यक्ष सिंह र केन्द्रीय सदस्य माधव कर्मचार्य तथा दुर्गाराज पाठक र सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलमाथि कारबाही गर्न प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

उनीहरूलाई स्पष्टीकरण सोधी कारबाही गर्न प्रक्रिया अगाडि बढाएको सचिव पारस खड्काले जानकारी दिए ।

नेपाली टिम विश्वकप क्रिकेट प्रतियोगिता खेल्न अमेरिका र वेस्ट इन्डिज गएको समयमा सिंहलगायतले भ्रामक र तथ्यहीन कुरा सामाजिक सञ्जालमा शेयर गरेको लगायतका आरोपमा स्पष्टीकरण सोधिएको उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖