• Friday 9th of October 2026

पोर्चुगललाई हराउँदै फ्रान्स सेमिफाइनलमा, फाइनल पुग्न स्पेनको सामना गर्ने


  • धनकुटा खबर
  • .

एजेन्सी । फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो ।

यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ । हारसँगै पोर्चुगलको युरोकप यात्रा समाप्त भएको छ ।
0 0 0

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖