• Thursday 8th of October 2026

पानामाको पोष्टमा ५ गोल गर्दै कोलम्बिया सेमिफाइनलमा


  • धनकुटा खबर
  • .

एजेन्सी । पानामलाई ५-० ले पराजित गर्दै कोलम्बिया कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

अरिजोनास्थित स्टेट फार्म स्टेडियममा आइतबार बिहान भएको क्वाटरफाइनलमा कोलम्बियाले सहज जित निकालेको हो ।

कोलम्बियाले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गर्‍यो । उसका लागि जुवान कोर्डोबाले आठौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । जेम्स रोड्रिगजेले १५औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने लुइस डियाजले ४१औं मिनेटमा गोल गरे । यस्तै रिचार्ड रिओसले ७०औं र मिगुएल बवर्जाले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।

कोलम्बिया लगातार दोस्रो पटक कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि २०२१ मा भएको कोपामा कोलम्बिया सेमिफाइनलमा अर्जेन्टिनासँग पेनाल्टीसुटआउटमा पराजित भएको थियो । पछि अर्जेन्टिनाले उपाधि जित्यो ।

अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको जितासँग खेल्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖