• Thursday 8th of October 2026

म्यानचेस्टर युनाइटेडले ल्यायो फ्रान्सबाट युवा सेन्टर ब्याक


  • धनकुटा खबर
  • .

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फ्रेञ्च डिफेन्डर लेनी योरोलाई आबद्ध गरेको छ।

फ्रेञ्च क्लब लिलबाट २०२९ सम्मका लागि ६२ मिलियन युरोको सम्झौतामा भएको छ।

१८ वर्षीय सेन्टर ब्याकले युनाइटेडमा थप १२ महिनाको विकल्पसहित पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन्।

१६ वर्षको उमेरमा लिलमा डेब्यु गरेका योरो रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेनसँग जोडिएका थिए भने लिभरपुलले पनि उनीप्रति चासो राखेको थियो।

उनले गत सिजन लिगमा ३२ खेल खेलेका थिए। जसमा डिफेन्डरले सदुई गोल समेत गरे।

गत सिजन लिलमालाई चौथो स्थानमा रह्यो। योरो सिजनको लिग १ टोलीमा समेत परेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖