• Saturday 28th of November 2026

गायक एलपी जोशीको निधनले मेरो मन छिनायो: प्रधानमन्त्री अ‍ोली


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायक एलपी जोशीको निधनमा दुःख व्यक्त गरेका छन् । उनले गायक जोशी र आफू झापाको दमकवासी भएको उल्लेख गर्दै उनको निधनले आफ्नो मन छिनाएको बताएका छन् ।

गायक जोशीको ११ साउनमा निधन भएको थियो । उनको आइतबार अन्त्येष्टि हुँदैछ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो, उहाँको यो गीत सुन्दा आज पनि मलाई आफ्नो युवा उमेरको याद आउँछ ।’

यस्तो प्रधानमन्त्रीको स्टाट्स

‘रिटिङ रिटिङ नबजाउ बिनायो

बिनायोले मन मेरो छिनायो..!’

उहाँको यो गीत सुन्दा आज पनि मलाई आफ्नो युवा उमेरको याद आउँछ। एलपी जोशी अरूका लागि आदरणीय संगीतकार र गायक गायक हुनुहुन्थ्यो । हामी दुवै दमकबासी, त्यसैले मेरा लागि उहाँ आत्मीय मित्र, अनि दाइ, सबै हुनुहुन्थ्यो। कलाकार एलपी जोशीको निधनले उहाँको गीतमा भनेजस्तै मेरो मन छिनायो। उहाँको आज अन्तिम बिदाइ ।

उहाँलाई हार्दिक श्रद्धा, उच्च सम्मान !! शोकाकुल परिवारजनमा समवेदना।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖