• Thursday 8th of October 2026

आदित्यनाथ सरकारले गर्‍यो धर्म परिवर्तनको कानुन, आजीवन कारावास हुने


  • धनकुटा खबर
  • .

उत्तर प्रदेश । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले मंगलबार यूपी गैरकानुनी धार्मिक धर्म परिवर्तन निषेध (संशोधन) विधेयक २०२४ विधान सभामा पारित गरेको छ।

यो विधेयकमार्फत सरकारले जबरजस्ती धर्म परिवर्तन गराउनेलाई जन्मकैदको व्यवस्था गरेको छ । यसअघि १ देखि १० वर्षसम्म कैदको व्यवस्था थियो ।

यसमा पहिले नै परिभाषित अपराधको सजाय दोब्बर गरिएको छ भने नयाँ अपराध पनि समावेश गरिएको छ जसमा आजीवन कारावासको व्यवस्था छ ।

यस ऐन अन्तर्गत धर्म परिवर्तनका लागि रकमलाई अपराधको दायरामा ल्याइएको छ । यसमा स्वदेशी वा विदेशी कुनै पनि संस्थाबाट आर्थिक सहयोग लिने अपराधको दायरामा आएको छ, जसमा जन्मकैदको व्यवस्था पनि छ ।

कसैले कसैलाई धर्म परिवर्तन गराउन धम्की दिएमा वा जनधनको क्षति पुर्‍याएमा उसलाई पनि अपराधको दायरामा ल्याइएको छ । साथै जबरजस्ती विवाह वा ठगी गरेर विवाह गर्नेलाई पनि यो विधेयकमा समावेश गरिएको छ । अदालतले पीडितको उपचार खर्च र पुनर्स्थापनाका लागि जरिवानाको रकम तोक्न सक्नेछ ।

सरकारले भनेको छ, “महिलाको अपराध, मर्यादा र सामाजिक स्थितिको संवेदनशीलतालाई ध्यानमा राख्दै, महिलाको गैरकानुनी धर्म परिवर्तन, एससी-एसटी आदिलाई रोक्न, सजाय र जरिवानालाई अझ कडा बनाउन आवश्यक छ भन्ने महसुस भयो। त्यसैले यो विधेयक ल्याइएको हो ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖