काठमाडौं । यती एयरलाइन्सका पाइलट र कोपाइलटले ७२ यात्रु बोकेको विमानलाई प्रायोगशाला बनाउँदा ठूलो दुर्घटना भई मानवीय क्षति भएको खुलासा भएको छ।
२०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाअघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएपछि सो तथ्य बाहिरिएको हो ।
७२ जनालाई प्रयोगशाला बनाएको दुर्घटनामा परी मृत्यु भएका पाइलट कमल केसी र कोपाइलट अञ्जु खतिवडाबीच जहाज दुर्घटना हुनुपूर्व भएको कुराकानीको अडियो सार्वजनिक भएसँगै उनीहरूको लापरबाही नै दुर्घटनाको कारण भएको पाइएको हो।
विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगले जहाज दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो।
जसमा कोपाइलटबाट पाइलट बनाउँदा मापदण्ड पूरा गरे पनि ७२ जनाको ज्यान धरापमा पार्ने गरी परीक्षण गर्न अनुमति दिनु नै गलत भन्ने देखिएको छ। -नेपाल समाचारपत्रबाट
