काठमाडौं । नेकपा एमाले सचिवालय बैठकले पार्टी अध्यक्षदेखि केन्द्रीय सदस्यहरूसम्मको कार्यविभाजन तथा जिम्मेवारी हेरफेर गरेको छ ।
बिहीबार भएको पार्टी केन्द्रीय सचिवालयको ३४ औँ बैठकले कार्यविभाजन तथा जिम्मेवारी हेरफेर गरेको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको एक उपाध्यक्ष पनि मनोनयन गरेको छ ।
त्यस्तै बैठकले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनयन गरेको छ भने केन्द्रीय कमिटी सदस्य, आयोगका सदस्य तथा सल्लाहकार परिषद् सदस्य पनि मनोनीत गरेको छ ।
