काठमाडौं । पेरिस ओलम्पिकमा भारतीय शूटर मनु भाकेरले पदकको ह्याट्रिक गर्नबाट चुकेकी छन् । उनी महिलातर्फ २५ मिटर पिस्टलमा चौथो भइन् ।
यसअघि उनले १० मिटर एयर पिस्टल र मिक्स १० मिटर एयर पिस्टल टिम इभेन्टमा कास्य पदक जितेकी थिइन् ।
उनले मिक्स टिम इभेन्टमा सरबजोत सिंहसँग कास्य पदक पनि जितेकी थिइन् ।
भाकेर एउटै ओलम्पिकमा दुई पदक जित्ने पहिलो भारतीय हुन् ।
