काठमाडौं । अमेरिकाका नोह लायल्स विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका छन् ।
लायल्सले पेरिस ओलम्पिकमा पुरुष एक सय मिटर दौडमा स्वर्ण जित्दै विश्वकै सबैभन्दा छिटो दौडने व्यक्ति बनेका हुन् ।
लायल्सले निर्धारित दूरी ९ दशमलव ७८४ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।
लायल्सले जमैकन धावक किसाने थोम्पसनलाई पछाडी पारेका हुन् ।
थोम्पसनले ९.७८९ सेकेण्डमा दौड पूरा गर्दै रजत जिते । यस्तै अमेरिकाकै फ्रेढ केर्लेले ९ दशमलव ८१ सेकेण्ड समय सहित कास्य जिते ।
