• Wednesday 7th of October 2026

५० लाखको काण्ड निकाल्दै भद्रगोलका खन्टे खलास र नरनाथ काका


  • धनकुटा खबर
  • .

केही समय अघिसम्म हाँस्य टेलिसिरियलको दुनियाँमा ‘भद्रगोल’ सर्वाधिक चर्चित थियो । हरेक श्रृखलाले युट्युबको ट्रेण्डिङमा आफ्नो स्थान बनाउन सफल हुन्थ्यो । यसको प्रस्तुती र कलाकारको अभिनयलाई दर्शकले रुचाएका थिए ।

मिडिया हबले यो सिरियलको निर्माण गरिरहेको थियो । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले यसको निर्देशन गर्थे । तर, असारमा उनीहरुको सम्झौता सकियो । यसपछि भने यो शो पुरानै टिमबाट अगाडि बढ्न सकेन ।

केही समय बन्द भएको यो सिरियल फेरि प्रशारण हुन त थाल्यो, यो नयाँ टिमका लागि केही सुखद हुन सक्छ । तर, यसको युटुब भ्यूज निकै कमजोर छ । टेलिभिजनमा पनि नयाँ टिमको ‘भद्रगोल’ हेर्नेको संख्या बलियो छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖