काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ ।
बिहीबार एसियाली फुटबल महासंघ (एएफसी)ले मान्यता दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) सिइओ इन्द्रमान तुलाधरले बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रंगशालाको संरक्षण गर्न थाले पछि पहिलो पटक एएएफसीले मान्यता दिएको हो । यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो ।
नेपालले बहराइनको खेल बहराइन नै पुगेर खेलेको थियो । युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो ।
