• Thursday 8th of October 2026

मियामी लिग्स कपको अन्तिम १६ मा


  • धनकुटा खबर
  • .

एजेन्सी – क्यानडाको टोरोन्टो क्लबलाई पराजित गर्दै इन्टर मियामीले लिग्स कप पुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

अमेरिकाको फ्लोरिडामा शुक्रवार भएको खेलमा मियामी ४-३ ले विजयी भएको हो । मियामीको जितमा माटिन रोर्जसले २ तथा डाइगो गोमेज र लुइस स्वारेजले समान १ गोल गरे । टोरोन्टोका लागि लोरिन्जो इन्सिग २ तथा नोह एलेनले १ गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै रोर्जसले गोल गर्दै मियामिलाई अग्रता दिलाएका थिए । मियामीका लागि ११ औं मिनेटमा गोमेजले गोल गर्दै अग्रता दोब्बर बनाए ।

टोरोन्टोका लागि इन्सिगले १५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ मा पुर्याए । २० औं मिनेटमा मियामीका लागि स्वारेजले गोल गर्दै अग्रता बढाए ।

मार्टिनेजले २७ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिए पछि मियामी १० खेलाडीमा सिमित भएको थियो । टोरोन्टोका इन्सिगले ४१ औं मिनेटमा गोल गरे । १० खेलाडीमा सिमित मियामीका लागि ५९ औं मिनेटमा रोजर्सले अर्को गोल गरे ।

टोरोन्टोका लागि ७९ औं मिनेटमा एलेनले गोल गर्दै खेलमा फर्कने कोसिस गरे पनि त्यो सम्भव भएन । मियामीको अन्तिम १६ को खेल १२ अगस्टमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖