• Thursday 8th of October 2026

पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दै


  • धनकुटा खबर
  • .

काठमाडौं साउन २७ । पेरिस ओलम्पिकमा आज नेपालकी धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिस्पर्धा गर्दैछिन् । म्याराथनको प्रतिस्पर्धा नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरु हुनेछ ।

युनिभर्सियालिटी कोटाबाट सन्तोषी पेरिस ओलम्पिकमा छनोट भएकी हुन् । सन्तोषीले दश दिन पेरिसमा नै प्रशिक्षण गरेकी छन् ।

त्यहाँको मौसमसँगै अभ्यस्त भइसकेकी सन्तोषीले उत्कृष्ट प्रदर्शन गर्ने बताएकी छन्। सन्तोषीले नेपालको लागि १३ औँ दक्षिण एशियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन्। पछिल्लो समय घरेलु म्याराथनमा उनी अब्बल खेलाडी हुन्।

नेपालबाट सहभागी सातमध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन्। जहाँ पौडीका एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए।

यसबाहेक अन्य खेलाडी पहिलो चरणबाट बाहिरिएका थिए। टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖